दैलेख । दैलेखको नारायण नगरपालिका- १, मा रहेको नमुना बस्ती पहिरोको जोखिममा परेपछि स्थानान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त बस्तीका ८ घरका ३७ जनालाई स्थानान्तरण गरेको हो ।शनिबार बेलुकी अविरल वर्षाको कारणले पहिरो आएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमान्डमा १० जनाको प्रहरी टोली खटिएर बस्ती स्थानान्तरण गरेका हुन् ।
स्थानीयलाई वडा नम्बर १ मा रहेको तरकारी सङ्कलन केन्द्रमा बस्ती स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । बस्तीमा अधिकांश वादी समुदायको बसोबास थियो ।




.gif)



