images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • अर्थतन्त्रलाई लयमा फर्काउन अर्थमन्त्री वाग्लेको पाँचबुँदे...

अर्थतन्त्रलाई लयमा फर्काउन अर्थमन्त्री वाग्लेको पाँचबुँदे रणनीति

अर्थतन्त्रलाई लयमा फर्काउन अर्थमन्त्री वाग्लेको पाँचबुँदे रणनीति

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । लामो समयदेखिको आर्थिक मन्दी र हालैको भीषण बाढीका कारण शिथिल बनेको नेपाली अर्थतन्त्रलाई पुनः गतिशील बनाउन अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले रणनीतिक योजना अघि सार्न लागेको बताएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रलाई सङ्कटबाट बाहिर निकाल्न सरकारले स्पष्ट रोडम्याप तयार पारेको बताएका हुन्।मन्दीका कारण समस्यामा परेको निजी क्षेत्र र विपद्ले थपेको चुनौतीलाई सम्बोधन गर्न अर्थमन्त्रीले ५ वटा मुख्य प्राथमिकताका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको उल्लेख गरे । 

    images
    images

    बिजनेस रिकभरी प्याकेज

    बाढीबाट प्रभावित क्षेत्रका साना तथा ठूला व्यवसायीहरूलाई राहत दिन मन्त्रिपरिषद्बाट बिजनेस रिकभरी प्याकेज पारित भइसकेको छ । यसले सङ्कटमा परेका उद्योगी–व्यवसायीलाई पुनः उठ्न मद्दत गर्ने उनको विश्वास छ ।

    images
    images

    पुँजी बजारमा सुधार

    सेयर बजारलाई व्यवस्थित र सुदृढ बनाउन सरकारले विशेष सुधार योजना ल्याएको छ । लगानीकर्ताको मनोबल उच्च राख्दै पुँजी बजारलाई पारदर्शी र भरपर्दो बनाउनु यसको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

    निजी क्षेत्रको पुनरुत्थान

    निजी क्षेत्रको सक्रियता बिना अर्थतन्त्र चलायमान नहुने भन्दै सरकारले आर्थिक सहुलियत र लगानी प्रोत्साहनका प्याकेजहरू ल्याएको छ । यसले थलिएको बजारमा नयाँ उत्साह भर्ने विश्वास गरिएको छ ।

    एफ.ए.टी.एफ.ग्रे सूचीबाट बच्ने रणनीति

    नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे सूचीबाट जोगाउन सरकारले द्रुत गतिमा काम गरिरहेको जनाए । यसका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन् । 

    अन्तर्राष्ट्रिय स्रोत व्यवस्थापन

    विपद्का कारण भएको क्षतिको यकिन मूल्याङ्कन गरी पुनर्निर्माणका लागि आवश्यक ठुलो लगानी जुटाउन सरकारले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग समन्वय गरिरहेको छ । वैदेशिक सहायता र अनुदानलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्ने अर्थमन्त्रीको योजना छ ।अर्थमन्त्री डा.वाग्लेले नेपाल अहिले चुतीपूर्ण मोडमा भए पनि सरकारको सही हस्तक्षेप र अन्तर्राष्ट्रिय समुदायको सहयोगले अर्थतन्त्र चाँडै लयमा फर्कने विश्वास व्यक्त गरेका छन् । ‘हामी केवल सङ्कट टार्न मात्र होइन, अर्थतन्त्रको संरचनामै सुधार गरेर दिगो विकासको बाटोमा जान प्रतिबद्ध छौँ,’ उनले भने।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend