images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • ठूलो विपत्तिको सातौँ दिन पनि गृहको...

ठूलो विपत्तिको सातौँ दिन पनि गृहको विपद् महाशाखा प्रमुख विदेशमै

ठूलो विपत्तिको सातौँ दिन पनि गृहको विपद् महाशाखा प्रमुख विदेशमै

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार १० जनाको मृत्यु भैसकेको छ । नेपाली भूमिकै हिमपरिरोपछि चीनको तिब्बततर्फको ल्हेन्दे खोलाको बहाव अचानक बढेसँगै भदौ १० मा बाढीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ ।बाढीका कारण रसुवा, नुवाकोट र धादिङका ३५ वटा मोटरेबल पुलमा क्षति पुगेको छ । ३२ वटा पुल बाढीले बगाएको छ । ४ हजार २४७ मानिस सम्पर्कविहीन छन् । विपद् शुरु भएको सातौँ दिनसम्म खोज, उद्धार र राहतको नेतृत्व गर्ने जिम्मेवारी लिएका गृह मन्त्रालयका महाशाखा प्रमुख नै छैनन् ।  विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थी अहिले अमेरिका भ्रमणमा छन् । गृह मन्त्रालय र मन्त्रिपरिषद्ले जुनसुकै बिदा भए पनि रद्द हुने निर्णय गरिसेको छ । तर, सहसचिव पन्थी मन्त्रालय फर्केका छैनन् ।

    images
    images

    विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको कुर्सी आजभोलि खाली छ । यत्ति ठुलो विपत्तिमा विपद् व्यवस्थापन महाशाखाका प्रमुख नै नभएको बारे गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, ‘विदेश जानुभएको छ, कता र कहिले जानुभएको हो थाहा छैन ।’मन्त्रालय स्रोतका अनुसार उनी एउटा कार्यक्रममा अमेरिका पुगेका हुन् । मन्त्रालयले बिदामा बसेकालाई फर्किन भने पनि उनी अहिलेसम्म नफर्किएका हुन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend