images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिद्धार्थ...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिद्धार्थ बैंकले २ करोड ५१ लाख सहयोग गरेको छ । हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठुलो क्षति पुगेको दुःखद् परिस्थितिप्रति गहिरो संवेदना व्यक्त गर्दै सिद्धार्थ बैंक लिमिटेडले विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

    images
    images

    सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको हो ।यस विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण दिवङ्गत आत्माप्रति बैंकले परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनर्स्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेको सरकारी तथा सरोकारवाला निकायहरूको प्रयास सफल होस् भन्ने कामना गरेको छ ।

    सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवथापनसम्बन्धी कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । आगामी दिनहरूमा पनि देश तथा समाजलाई आवश्यक परेको बेला आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय कार्यहरूमा निरन्तर सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend