images

२०८३ आश्विन २२ गते

images
images
images
  • कृषि
  • इजरायलबाट फर्किएर ३५ बिघामा व्यवसायिक धान...

इजरायलबाट फर्किएर ३५ बिघामा व्यवसायिक धान खेती

इजरायलबाट फर्किएर ३५ बिघामा व्यवसायिक धान खेती

images
images
शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • काठमाडौं, २४ कात्तिक । वैदेशिक रोजगारका लागि इजरायल गएका रामग्राम–५ का ४५ वर्षीय नरेश जयसवालले स्वदेश फर्किए पछि व्यावसायिक खेती गरिरहेका छन् । पाँच वर्ष इजरायल बसेर फर्के पछि उनले व्यावसायिक कृषि पेसा अंगालेका छन् । यसरी उनले खेतीपाती गर्न थालेको दुई वर्ष बितिसकेको छ ।

    images
    images

    जीविकोपार्जन र आम्दानीका लागि विदेश जानुभन्दा स्वदेशमा कृषिकर्मबाट मनग्ये आम्दानी गर्न सकिने उनको अनुभव छ । उनले जग्गा भाडामा लिएर करिब ३५ बिघा जग्गामा धानखेती गरिरहेका छन् ।

    यस वर्ष एक सय टन धान उत्पादन भएको जनाउँदै जयसवालले ३५ बिघामध्ये २९ बिघा भाडामा लिएको र बाँकी ६ बिघा पैतृक सम्पत्ती रहेको बताए । सो जग्गामा सावित्री, रामधान, चैते–५ लगायत जातका धान लगाएका छन् ।

    images
    images

    कृषि खेतीमा आफूलाई लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयले गत वर्ष उत्कृष्ट कृषकका रूपमा जयसवाललाई ५१ हजार सहित पुरस्कार प्रदान गरेको थियो । पुरस्कार पछि आफूलाई थप हौसला मिलेको उनले बताए ।

    बिउ उत्पादन गर्न जयसवालले नवलपरासीमा आरोही सिड्सु कम्पनी सञ्चालन गरेका छन् । उक्त कम्पनीबाट आधुनिक जातका धान, मकै लगायतका बिउ स्थानीयलाई उपलब्ध गराउँदै आएको जिल्ला स्थित कृषि ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले बताए ।

    पछिल्लो समय यहाँका किसानको व्यावसायिक कृषिमा आकर्षण बढन थालेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदिश गुप्ताले बताए । केही वर्ष अघि सम्म जीविकोपार्जनका लागि मात्र परम्परागत खेती गर्दै आएका यहाँका किसान अहिले व्यावसायिक खेतीमा आबद्ध हुन थालेका उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend