images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • रसुवा बाढीपीडितका लागि भारतबाट पठाइयो थप...

रसुवा बाढीपीडितका लागि भारतबाट पठाइयो थप ३७.५ टन राहत सामग्री

रसुवा बाढीपीडितका लागि भारतबाट पठाइयो थप ३७.५ टन राहत सामग्री

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको थप ३७.५ टन राहत सामग्री बोकेको दोस्रो विमान नेपालका लागि उडान भरेको छ। भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत ३७.५ टन मानवीय सहायता, विपद् राहत सामग्री, औषधि र खाद्यान्न बोकेको विमान काठमाडौँतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन्।

    images
    images

    विदेशमन्त्री जयशङ्करले 'भारत नेपालका अधिकारीहरूसँग निरन्तर र निकट सम्पर्कमा रहेको' बताएका छन्। उनले जारी राहत प्रयासमा भारतले निरन्तर बलियो सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। यसअघि पनि उनले शोकसन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका थिए। यसअघि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगिसकेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’लाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend