images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • भोटेकोसी बाढीले बैंकका शाखा कार्यालयमा क्षति,...

भोटेकोसी बाढीले बैंकका शाखा कार्यालयमा क्षति, कर्मचारीसँग सम्पर्क हुन सकेन

भोटेकोसी बाढीले बैंकका शाखा कार्यालयमा क्षति, कर्मचारीसँग सम्पर्क हुन सकेन

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । बुधबार बिहान भोटेकोसीमा आएको बाढीले बस्ती नै बगाउँदा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय पनि बगाएको छ ।नेपाल बैंकर्स संघका अनुसार धेरै बैकका शाखाहरूमा क्षति पुगेको छ । तर फोन सम्पर्क नहुँदा यकिन विवरण सङ्कलनमा समस्या भएको छ । बैँकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बाढी आएको थाहा भएसँगै  बिहान बैंकर्स संघको आकस्मिक बैठक बसेर सबै विवरण सङ्कलन र उद्धारको विषयमा छलफल भएको बताए । 

    images
    images

    उनका अनुसार बैठकले उद्धारका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । उनले भने,‘ उद्धारका सरकारसँग अनुरोध गरिसकेका छौँ । बैंकका कुनै पनि कर्मचारी सम्पर्कमा छैनन् । टेलिफोन अवरुद्ध भएकाले क्षतिको विवरण सङ्कलन गर्न कठिन भएको छ । संघले सम्पर्क भएसम्म विवरण लिइरहेका छौँ ।’संघका अनुसार बाढी आएको क्षेत्र टिमुरेमा नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल, माछापुच्छ्रे, सानिमा, इन्भेस्टमेन्ट मेगा लगायत बैंकका शाखा कार्यालय रहेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend