images

२०८३ आश्विन २३ गते

images
images
images

रुग्ण उद्योगका लागि चीनले थप सहयोग स्वीकृत गर्ने

रुग्ण उद्योगका लागि चीनले थप सहयोग स्वीकृत गर्ने

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार तनाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर अधिकारीहरूले महत्वपूर्ण बैठक टुङ्ग्याउँदा चीनले शुक्रबार आर्थिक रूपमा रूग्ण उद्योग, वित्तीय संस्था तथा फर्मका लागि ठूलो समर्थन प्याकेज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

    images
    images

    अर्थशास्त्रीहरूले बेइजिङले सयौं अर्ब डलरको सहयोग स्वीकृत गर्ने अनुमान गरेका छन्, जसमा ऋणग्रस्त स्थानीय सरकारका साथै बैङ्कहरूका लागि नगदमा ध्यान केन्द्रित गरिएको छ।यसै साता बेइजिङमा चिनियाँ कानुन बनाउने सर्वोच्च निकायको बैठकका लागि भेला भएका नीति निर्माताहरूले अमेरिकी मतदानमाथि नजर राखेका थिए।

    ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा चिनियाँ सामानमा कर वृद्धि गर्ने वाचा गर्नुभएको र राष्ट्रपतीय निर्वाचनमा उहाँको विजय भएको सन्दर्भमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीन अमेरिकासँगको कारोबारमा थप सङ्कट आउनसक्ने आँकलनहरू गरिएका छन् । चीनमा लामो समयदेखि घरजग्गा तथा आवासीय कारोबारमा सङ्कट देखिनुका साथै र दैनिक उपभोगसम्बन्धी सामानको कारोबारमा सुस्तता आएको छ । 

    images
    images

    पर्यवेक्षकहरूका अनुसार बेइजिङले अर्थव्यवस्थाका लागि लामो समयदेखि प्रतिक्षा गरिएको ‘बाजुका स्टिमुलस’ को साथ यो सङ्कटलाई कम गर्न प्रयास गर्न सक्छ । यद्यपि, सावधानीको विवरण आउन अझै समय लाग्न सक्छ।आईएनजीमा ग्रेटर चाइनाका प्रमुख अर्थशास्त्री लिन सोङले भन्नुभयो, “नीति निर्माताहरूलाई ट्रम्पको सम्भावित जीतलाई सम्बोधन गर्ने मौका दिनका लागि अक्टोबरको अन्त्यमा तय गरिएको बैठक पछि सारिएको थियो।”“हाम्रो विचारमा ट्रम्पको जितसँगै नीतिगत समर्थन प्याकेजको सम्भावना केही हदसम्म बढ्नेछ,” उनले भने।

    युनाइटेड ओभरसिज बैङ्क (युओबी) का हियान वेल्थ म्यानेजमेन्टका प्रमुख सूचना अधिकारी क्वी वाङले भन्नुभयो, “ट्रम्पको जीत चीनका लागि नराम्रो होइन किनभने यसले बेइजिङलाई ठूलो प्रोत्साहनका लागि ‘दबाब’ दिन सक्छ।सरकारी सञ्चारमाध्यमले यसै हप्ता अधिकारीहरूले स्थानीय सरकारको ऋणको सीमा बढाउने विधेयकको पुनरावलोकन गरेको जनाएका थिए।

    गत महिना घोषणा गरिएको यो कदमले अधिकारीहरूलाई विकासको लागि घरजग्गा बजारलाई लामो समयको मन्दीबाट बाहिर निकाल्ने उद्देश्यल अप्रयुक्त भूमिको अधिग्रहणको लागि थप उधारो लिन अनुमति दिनेछ । बेइजिङले सेप्टेम्बरमा आर्थिक गतिविधिलाई बढावा दिने उद्देश्यले ब्याजदर कटौती र केही घर खरीद प्रतिबन्धहरूलाई खुकुलो पार्न धेरै उपायहरूको थालनी गरेको जनाएको थियो तर विश्लेषकहरूले अहिलेसम्म विस्तृत विवरणको अभावमा भएको बताएका छन्।

    “ट्रम्पको पुनः निर्वाचनले अझबढी तात्कालिकताको आवश्यकता प्रदान गर्दछ”, विशेषज्ञहरू भन्छन्, “यद्यपि अधिकारीहरूले थप सरकारी ऋणको थुप्रोबाट बच्ने प्रयास गर्दा अझै सावधानी कायम हुन सक्छ।”नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीले भन्नुभयो, “कुनै पनि सम्भावित प्रोत्साहन रकमको आकार ठूलो हुन सक्छ, तर दबाब पनि त्यस्तै छ।”उहाँले भन्नुभयो, “बजारले चाहेको आर्थिक वृद्धि अझै पनि प्राप्त गर्न सक्दैन।”

    चीनका प्रधानमन्त्री ली कियाङले चीनले सन् २०२४ का लागि पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेमा आफू ‘पूर्ण विश्वस्त’ रहेको बताउनुभएको छ । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देशको निर्यात गत महिना दुई वर्ष भन्दा बढीको सबैभन्दा तीव्र गतिमा बढेको देखाएको छ।

    यद्यपि, ‘पिनपोइन्ट एसेट म्यानेजमेन्ट’का अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झिवेई झाङले भन्नुभयो, “हामी चीनको अर्थतन्त्रलाई थेग्न निर्यातमा मात्रै निर्भर गर्न सक्दैनौँ । उहाँले भन्नुभयो, “आर्थिक वृद्धिको आधारस्तम्भको रूपमा वित्तीय नीति अर्को वर्ष अझ सक्रिय हुनेछ भन्ने मेरो विश्वास छ।”

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend