images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • उच्च अदालत पाटनले सम्पादक श्रेष्ठलाई पक्राउ...

उच्च अदालत पाटनले सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ, ३ भदौ । उच्च अदालत पाटनले जनआस्था  साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ वा  धरपकड गर्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    images
    images

    न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले आज उक्त कार्य नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।  आदेशमा भनिएको छ, “मिति २०८३।०४।२७ मा प्रकाशित समाचारका विषयमा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राख्ने लगायतका कार्य नगर्नू, नगराउनू ।”

    आदेशमा प्रकाशित समाचारका विषयमा प्रेस काउन्सिलमा उजुरी परी कारबाहीयुक्त अवस्थामा रहेको भन्ने उल्लेख भएको र उक्त उजुरीको टुङ्गो नलागेको अवस्था हुँदा एवं नेपालको संविधानको धारा १७ मा प्रत्याभूत विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं धारा १९ मा सञ्चारको हक समेत प्रत्याभूत गरेको उल्लेख छ ।  यसअघि, यही भदौ १ गते पत्रकार श्रेष्ठलाई सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियोे । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend