images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • विपद् व्यवस्थापन र सुशासनमा सरकार चुकेको...

विपद् व्यवस्थापन र सुशासनमा सरकार चुकेको सांसद शाहको आरोप

विपद् व्यवस्थापन र सुशासनमा सरकार चुकेको सांसद शाहको आरोप

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ।  राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाहले सरकारको कार्यशैली, विपद् व्यवस्थापनमा देखिएको सुस्तता र सुशासनको अवस्थाप्रति प्रश्न उठाएकी छन्। राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उनले सरकारले गर्ने प्रतिबद्धता र प्राप्त परिणामबिच ठुलो खाडल देखिएको भन्दै आलोचना गरेकी हुन् ।सांसद शाहले मनसुनजन्य विपद् व्यवस्थापनका लागि संसद्ले दिएको निर्देशन र सरकारको पूर्ण तयारीको दाबी फिल्डमा नदेखिएको बताइन्। दुई वर्षअघि संसदीय समितिले जाजरकोट लगायतका भूकम्प प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरी जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न दिएको सुझाव कार्यान्वयन नहुँदा अहिले थप क्षति भइरहेको उनको भनाइ छ। 

    images
    images

    बाजुराको त्रिवेणी नगरपालिकास्थित ताम्सु गाउँका ६० घरपरिवारमध्ये ५८ परिवार विस्थापित भएको र जाजरकोट, रोल्पा, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले जनजीवन आक्रान्त बनाएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराइन्। विपन्न र निमुखा जनताका लागि हुनुपर्ने राज्य संयन्त्र मन्त्रीहरूको सेवामा मात्र केन्द्रित भएको आरोप उनले लगाएकी छन्।राज्यको स्रोत र साधनको दुरुपयोग भएको विषयमा केन्द्रित हुँदै सांसद शाहले भनिन्, ‘एकातिर जनता बाढी र पहिरोका कारण मृत्युवरण गरिरहेका छन्, अर्कोतिर सरकार सामान्य रुघाखोकी लागेका मन्त्रीको उद्धारका लागि सेनाको स्काई ट्रक प्रयोग गरिरहेको छ। यो कस्तो सुशासन हो?’

    विद्युत् उत्पादन बढाउने र खपत प्रोत्साहित गर्ने भन्दै फेरि विद्युत्मै कर लगाउनु विरोधाभासपूर्ण रहेको उनको तर्क छ। सांसद शाहले सरकारको नीतिगत अस्थिरतालाई केटाकेटीपनको संज्ञा दिइन्। शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता आधारभूत क्षेत्रमा कर लगाउने र पछि विरोध भएपछि फिर्ता लिने प्रवृत्तिले सरकारको अपरिपक्वता झल्काएको उनले बताइन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend