images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’...

पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • बाँके । जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ ।नेपालगन्ज उपमहानगरपालिकासहित आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी निकुन्जको प्रचारप्रसार गरिने बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।उनका अनुसार मङ्गलवार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले डुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखेर निकुन्जको प्रचारप्रसार गर्ने निर्णय भएको छ । कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुन्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने पनि निर्णय गरिएको छ ।

    images
    images

    कँडेलले पर्यटन प्रवरद्धनका लागि बाँके निकुन्जमा आवश्यक पूर्वाधार निर्माण भएर सफारीका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षभन्दा तेब्बर बढी पर्यटकले निकुन्जमा सफारी गरेको उनले जानकारी दिए । निकुन्जमा पर्याप्त मात्रामा घाँसेमैदान, कृत्रिम ताल, मचान, वनपथ निर्माण गरिएको उनको भनाइ छ ।कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बाँके राष्ट्रिय निकुन्ज संरक्षणसँगै पर्यटन प्रवर्द्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा आफू सदैव सकारात्मक रहेको बताए। नगरप्रमुख आचार्यले निकुन्ज कार्यालयसँग सहकार्य गरेर आफूहरूले सचेतनामूलक काम गरेको बताउँदै नगरपालिकासँगै जोडिएको निकुन्जको पर्यटन प्रवर्द्धन गर्न आफूहरू जहिले पनि साथमा रहेको प्रष्ट पारे ।बाँके राष्ट्रिय निकुन्जमा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्ज कार्यालय, जेडएसएल, इन्रुडेक, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतका सङ्घसंस्था क्रियाशील रहेका छन् । पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुन्ज पर्यटकको पर्खाइमा रहेको छ ।

    निकुन्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको छ । निकुन्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतको व्यवस्था छ । निकुन्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगन्ज र कोहलपुरमा तारे होटल तथा निकुन्ज छेउछाउ होमस्टे सञ्चालन गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend