images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • मानव अधिकार पुरस्कारका लागि २१ दिनभित्र...

मानव अधिकार पुरस्कारका लागि २१ दिनभित्र सिफारिस पठाउन मन्त्रालयको आग्रह

मानव अधिकार पुरस्कारका लागि २१ दिनभित्र सिफारिस पठाउन मन्त्रालयको आग्रह

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ । सरकारले यस वर्षको ‘मानव अधिकार पुरस्कार’ का लागि योग्य व्यक्ति र संस्थाको सिफारिस आह्वान गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्नका लागि सिफारिस माग गरेको हो।नेपाल सरकारले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारका लागि योग्य व्यक्ति वा संस्थालाई कुनै पनि व्यक्ति वा संस्थाले सिफारिस गर्न सक्ने मन्त्रालयले जनाएको छ।

    images
    images

    पुरस्कारका लागि इच्छुक व्यक्ति वा संस्थाले ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ र ‘मानव अधिकार पुरस्कार वितरण कार्यविधि, २०७८’ बमोजिम आवश्यक कागजात संलग्न गरी सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र सिफारिस पठाउनुपर्नेछ। सिफारिस गर्दा कार्यविधिको अनुसूचीमा उल्लेखित ढाँचामा विवरण भरेर सिधै मन्त्रालयमा वा मन्त्रालयको इमेल infolaw@moljpa.gov.np मा पठाउन सकिने सूचनामा उल्लेख छ।पुरस्कार सम्बन्धी नियमावली र कार्यविधिको विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moljpa.gov.np मा राखिएको छ। मन्त्रालयले प्राप्त सिफारिसहरू मध्येबाट उत्कृष्ट योगदान पुर्‍याउने एक व्यक्ति र एक संस्थालाई छनोट गरी विशेष समारोहका बिच पुरस्कृत गर्नेछ।

    Capture1

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend