images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, साउनमा...

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, साउनमा ७० हजारले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, साउनमा ७० हजारले लिए श्रम स्वीकृति

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ ।  रोजगारीका लागि विदेश जानका लागि ७० हजार भन्दा बढीले श्रम स्वीस्कृति लिएका छन् । पुनः श्रम स्वीकृति सहित साउन महिनामा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका हुन् । श्रम स्वीकृति लिनेमध्ये ६० हजार ४७२ पुरूष र ९ हजार ९६९ महिला छन् । एक महिनाको अवधिमा ४२ हजार ६९३ जनाले श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । एक महिनामा म्यानपावर मार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन् भने १२ हजार ४४२ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै ‘जीटुजी’ मार्फत ७१२ ले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

    images
    images

    साउनमा सबैभन्दा बढीले यूएईका लागि श्रम स्वीकृति लिएका छन् । एक महिनामा यूएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । त्यस्तै मलेसियाका लागि १२ हजार ४९८, कतार १० हजार ३६० र साउदी अरब जान ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् ।गत असारमा ६९ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार १८७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend