images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • कर्णालीमा सरकार विस्तार अनिर्णीत, मुख्यमन्त्रीले आज...

कर्णालीमा सरकार विस्तार अनिर्णीत, मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णालीमा सरकार विस्तार अनिर्णीत, मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार (आज) विश्वासको मत लिँदै छन्। त्यसका लागि प्रदेशको सभा बैठक आज दिउँसो ठिक ३ बजेका लागि बोलाइएको छ।मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरे पनि मन्त्रिमण्डल बिस्तारको काम अनिर्णयको बन्दी जस्तै बनेको छ।

    images
    images

    साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले २३ दिन बितिसक्दा मन्त्रिमण्डलमा एक जना सदस्य पनि नियुक्त गर्न सकेका छैनन्।विशेषगरि सत्ता साझेदार दुई दलबिच मन्त्रालयको संख्यामा ४/३ को हिसाब मिले पनि शक्तिशाली मन्त्रालय लिनेबारे कुरा नमिलेको भनिएको छ।यद्यपि यो विषयमा पनि दुई दलबिच निर्णायक वार्ता हुने गरेको छैन।सरकार विस्तार नहुँदा सरकार नै चलायमान हुन सकेको छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend