images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • बाढीपहिरोका कारण १० स्थानमा राजमार्ग अवरुद्ध,...

बाढीपहिरोका कारण १० स्थानमा राजमार्ग अवरुद्ध, चार सडकखण्डमा एकतर्फी यातायात

बाढीपहिरोका कारण १० स्थानमा राजमार्ग अवरुद्ध, चार सडकखण्डमा एकतर्फी यातायात

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ, ३ भदौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले २०८३ भदौ ३ गते बिहान ६ः३० बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार देशभर १० स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छन् भने चार सडकखण्डमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

    images
    images

    प्रहरीका अनुसार इलामको मेची राजमार्ग, काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तीलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ सडक, नुवाकोटको टोखा–छहरे सडक, लमजुङको बेँसीसहर–मनाङ सडक, रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडक तथा मुगुको नाग्म–गमगडी सडकखण्ड बाढीपहिरोका कारण पूर्णरूपमा अवरुद्ध रहेका छन्।

    त्यसैगरी बागलुङको कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, मुस्ताङको मुस्ताङ–कोरला सडक तथा भोजपुरको मध्यपहाडी राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

    images
    images

    लगातारको वर्षाका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढेकाले यात्रुलाई यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको जनाइएको छ।

    यात्रु तथा सवारी चालकलाई जोखिमयुक्त सडकखण्डमा सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend