images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • एशियन ल्युब्रिकेन्ट्सको पुँजी ७० करोड पुर्‍याउने...

एशियन ल्युब्रिकेन्ट्सको पुँजी ७० करोड पुर्‍याउने योजना, नयाँ क्षेत्रमा विस्तारको तयारी

एशियन ल्युब्रिकेन्ट्सको पुँजी ७० करोड पुर्‍याउने योजना, नयाँ क्षेत्रमा विस्तारको तयारी

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ । झापाको धुलाबारीस्थित एशियन ल्युब्रिकेन्टस् कम्पनी प्रा.लि.ले आफ्नो व्यावसायिक दायरा विस्तार गर्दै कम्पनीको पुँजी संरचना ७० करोड रुपैयाँ पुर्‍याउने योजना अघि सारेको छ। 'ENOL' ब्रान्डअन्तर्गत इन्जिन आयल, मोटरसाइकल आयल, हाइड्रोलिक तथा गियर आयल, ब्रेक फ्लुड, कुलेन्ट र ग्रीस जस्ता सवारी तथा औद्योगिक उत्पादनहरू बजारमा बिक्री-वितरण गर्दै आएको कम्पनीले अब नयाँ क्षेत्रमा पाइला चाल्ने तयारी गरेको हो।

    images
    images

    उत्पादन क्षमता र आम्दानीको प्रक्षेपण

    कम्पनीसँग हाल वार्षिक १८ लाख लिटर ल्युब्रिकेन्ट र ६ लाख किलो ग्रीस उत्पादन गर्ने क्षमता छ। तर, हाल उक्त क्षमताको करिब १५ प्रतिशत तेल र १० प्रतिशत ग्रीस मात्रै उत्पादन भइरहेको छ। आगामी तीन वर्षभित्र यही विद्यमान पूर्वाधारको पूर्ण उपयोग गर्दै उत्पादन र आम्दानी तीव्र रूपमा बढाउने लक्ष्य कम्पनीले लिएको छ।वित्तीय अवस्था अनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा २०.८ प्रतिशतको वृद्धिसहित ९ करोड ८१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ मा ३५.१४ करोड, २०८४/८५ मा ५०.३५ करोड र २०८५/८६ मा ७५.४५ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको छ।

    images
    images

    नयाँ लगानी र व्यावसायिक रणनीति

    व्यावसायिक विस्तारका लागि कम्पनीले प्रस्तावित ३० करोड रुपैयाँ लगानी मुख्य क्षेत्रहरूमा परिचालन गर्नेछ। कम्पनीले ब्लेन्डिङ लाइनलाई पूर्ण अटोमेसन गर्ने, ट्रान्सफर्मर आयलको नयाँ उत्पादन लाइन स्थापना गर्ने, देशभर वितरण नेटवर्क विस्तार गर्ने तथा अलकत्रा र औद्योगिक आयलको कारोबारलाई नयाँ विजनेस भर्टिकलका रूपमा अघि बढाउने योजना बनाएको छ।विशेषगरी ट्रान्सफर्मर आयलमार्फत कम्पनीले विद्युत् सबस्टेसन, जलविद्युत् आयोजनाहरू तथा नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित ठूला बजारमा प्रवेश गर्ने रणनीति बनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend