images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • साउनमा १९१ उद्योगका लागि ३ अर्ब...

साउनमा १९१ उद्योगका लागि ३ अर्ब ७७ करोडको विदेशी लगानी प्रतिबद्धता

साउनमा १९१ उद्योगका लागि ३ अर्ब ७७ करोडको विदेशी लगानी प्रतिबद्धता

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ। नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा रु ३ अर्ब ७७ करोड २८ लाख बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। चालु आर्थिक वर्षको साउन महिनामा कुल १९१ वटा उद्योग तथा व्यवसायका लागि सो बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ।विभागका अनुसार समीक्षा अवधिमा स्वचालित (अटोमेटिक) प्रणालीमार्फत १८७ वटा उद्योग तथा व्यवसायका लागि रु ३ अर्ब ४७ करोड ३४ लाख र साधारण प्रक्रियामार्फत ४ वटा उद्योगका लागि रु २९ करोड ९४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

    images
    images

    समीक्षा अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा रहेको छ। एक महिनाको अवधिमा पर्यटन क्षेत्रका ३३ वटा उद्योगका लागि रु १ अर्ब ६३ करोड ७८ लाख, सेवा क्षेत्रका १९ वटाका लागि रु ६८ करोड २० लाख, उत्पादनमूलक क्षेत्रका ९ वटाका लागि रु ८४ करोड, सूचना प्रविधि क्षेत्रका १२८ वटाका लागि रु ५६ करोड ९८ लाख, ऊर्जा क्षेत्रका लागि रु २ करोड र कृषिमूलक क्षेत्रका लागि रु २ करोड लगानी प्रतिबद्धता आएको हो। पूर्वाधार र खनिज क्षेत्रमा भने यस महिना कुनै पनि लगानी प्रतिबद्धता आएको छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend