images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते...

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर पुरस्कार

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर पुरस्कार

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा गरिएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा.घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरेका हुन् ।साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी भएका उपभोक्तामध्येबाट विजेता छनोट गरिएको हो।

    images
    images

    जसमा गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका एक उपभोक्ताले यो पटकको बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् । अन्य १५ जनाले एक एक लाख रुपैयाँ उपहार जितेका छन् । विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा बढेको छ । साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन्। क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। विभागका अनुसार पछिल्लो १६ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यिनैमध्येबाट आज १६ जना विजेता छनोट गरिएको छ । करदाता प्रोत्साहन पुरस्कार योजनाले साना कारोबार गर्ने उपभोक्तालाई समेत औपचारिक तथा नियमसम्मत कारोबारमा सहभागी हुन प्रोत्साहित गरेको विभागले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend