images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • चिनी आपूर्ति सम्बन्धी उद्योग तथा वाणिज्य...

चिनी आपूर्ति सम्बन्धी उद्योग तथा वाणिज्य समितिको बैठक अन्तिम समयमा स्थगित

चिनी आपूर्ति सम्बन्धी उद्योग तथा वाणिज्य समितिको बैठक अन्तिम समयमा स्थगित

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १५औँ बैठक विशेष कारणवश स्थगित भएको छ । सोमबार बिहान १० बजेका लागि तय गरिएको उक्त बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।बजारमा चिनीको सहज आपूर्तिका विषयमा देखिएका समस्या र समाधानका उपायबारे सरोकारवालाहरूसँग छलफल गर्न समितिले आजको बैठक बोलाएको थियो। बैठकमा छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री र सचिवलाई समेत आमन्त्रण गरिएको थियो ।

    images
    images

    समितिका शाखा अधिकृत प्रबल पौडेलले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको जानकारी दिएका छन् । सूचनामा भनिएको छ, ‘समितिको मिति २०८३/०५/०१ गते सोमबार बिहान १० बजेका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको ब्यहोरा समितिका माननीय सदस्यहरूको जानकारीको लागि अनुरोध छ ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend