images

२०८३ आश्विन २३ गते

images
images
images
  • अर्थतन्त्र
  • ट्रम्पको जितसँगै मस्कलाई ठूलो आर्थिक फाइदा,एकै...

ट्रम्पको जितसँगै मस्कलाई ठूलो आर्थिक फाइदा,एकै दिन २०.९ अर्ब डलरले वृद्धि

ट्रम्पको जितसँगै मस्कलाई ठूलो आर्थिक फाइदा,एकै दिन २०.९ अर्ब डलरले वृद्धि

images
images
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको जितसँगै अर्बपति उद्यमी एलन मस्कलाई ठूलो आर्थिक फाइदा पुगेको छ । ट्रम्पको जितपछि मस्कको सम्पत्ति एकै दिन २०.९ अर्ब डलर (करिब २८ खर्ब २५ अर्ब रुपैयाँ)ले वृद्धि भएको हो ।

    images
    images

    बुधवार मस्कको विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको शेयरमूल्य बुधबार एकै दिन १५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसको अर्थ कम्पनीको कूल भ्यालुएसनमा १२० अर्ब डलर थपिएको छ । टेस्लाको शेयर आकाशिएसँगै मस्कको सम्पत्ति २०.९ अर्ब डलरले बढेर २८५.६ अर्ब डलर पुगेको फोर्ब्सले जनाएको छ । 

    आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसको तुलनामा मस्कको एक दिनमै बढेको सम्पत्ति ५२.४२ प्रतिशत बढी हो ।लामो समयदेखि मस्क विश्वका धनाढ्यको शीर्ष स्थानमै छन् । २२३.५ अर्ब डलर सम्पत्तिका साथ ईकमर्श प्लेटफर्म अमेजनका मालिक जेफ बेजस दोस्रो स्थानमा छन् । त्यस्तै ओराकलका ल्यारी इलिसन तेस्रोमा र मेटाका मार्क जुकरबर्ग चौथो स्थानमा छन् ।

    images
    images

    ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने पक्का भइसकेपछि उनले समर्थकको नाममा सम्बोधन गरेका थिए । त्यसक्रममा ट्रम्पले मस्कको खुलेर प्रशंसा पनि गरेका थिए । मस्कको स्पेस कम्पनी स्पेसएक्सले नयाँ विश्वलाई नयाँ युगमा प्रवेश गराएको समेत प्रतिक्रिया दिएका थिए । मस्कले अब ट्रम्पसँग स्थापित सम्बन्धको फाइदा अटो, स्पेस, स्वास्थ्य, निर्माण र एआई क्षेत्रमा कसरी उठाउँछन् हेर्न बाँकी छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend