images

२०८३ आश्विन २४ गते

images
images
images

अर्थसमाचारद्वारा भदौ महिनाको डिजिटल क्यालेण्डर सार्वजनिक

अर्थसमाचारद्वारा भदौ महिनाको डिजिटल क्यालेण्डर सार्वजनिक

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं, १ भदौ । अर्थसमाचारले २०८३ साल भदौ महिनाको डिजिटल क्यालेण्डर सार्वजनिक गरेको छ। पाठक, शुभेच्छुक तथा सर्वसाधारणलाई नेपाली पात्रो, तिथि, चाडपर्व, महत्वपूर्ण दिवस तथा सार्वजनिक बिदासम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले डिजिटल क्यालेण्डर सार्वजनिक गरिएको हो।

    images
    images

    क्यालेण्डरमा भदौ महिनाभरका नेपाली मिति, बार, तिथि, चाडपर्व तथा विभिन्न महत्वपूर्ण दिवसहरू समेटिएका छन्। भदौ महिनामा जनैपूर्णिमा तथा रक्षाबन्धन, गाईजात्रा, श्रीकृष्ण जन्माष्टमी, गौरा पर्व, कुशे औँसी, हरितालिका तीज, गणेश चतुर्थीलगायत महत्वपूर्ण पर्वहरू रहेका छन्।

    अर्थसमाचारले यसअघि पनि नेपाली महिनाअनुसार उपयोगी पात्रो सामग्री सार्वजनिक गर्दै आएको छ। २०८३ साल असार महिनाको भित्तेपात्रो सार्वजनिक गर्दा पनि नेपाली मिति, चाडपर्व, सार्वजनिक बिदा तथा महत्वपूर्ण तिथिमितिको जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको जनाएको थियो।

    images
    images

    डिजिटल माध्यमबाट सूचना तथा समाचार प्रवाह गर्दै आएको अर्थसमाचारले पाठकमैत्री तथा जनउपयोगी सामग्रीलाई प्राथमिकता दिँदै आएको छ। भदौ महिनाको डिजिटल क्यालेण्डरले पाठकलाई दैनिक कार्यतालिका व्यवस्थापनसँगै महत्वपूर्ण तिथि, पर्व र दिवसबारे जानकारी लिन सहज हुने विश्वास गरिएको छ।

    अर्थसमाचारको डिजिटल प्लेटफर्ममार्फत भदौ महिनाको क्यालेण्डर अवलोकन गर्न सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend