काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि सकारात्मक देखिएको बजारले बिहीबार पनि वृद्धिको यात्रालाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.९७ अंक, फ्लोट इन्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३६ अंकले बढेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३४७ स्टकको ४५ हजार ८२२ पटकको कारोबारबाट ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड २ लाख २५ हजार कित्ता शेयर कारोबार भएको छ।
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बिहीबार सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यस्तै, सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य १३ प्रतिशत तथा घलेम्दी हाइड्रोको शेयरमूल्य करिब १२ प्रतिशतले बढेको छ।
यस दिन इमर्जिङ नेपालको शेयरमूल्य भने ५.११ प्रतिशतले घटेको छ।
घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा बिहीबार घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको करिब २९ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको साढे १६ करोड रुपैयाँभन्दा बढी तथा सोलु हाइड्रोपावरको साढे १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
अधिकांश उपसमूह बढे
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूह घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहमा सामान्य वृद्धि भएको छ।
व्यापार उपसमूहको परिसूचक भने स्थिर रहेको छ। समग्रमा कारोबार रकममा आएको वृद्धि र अधिकांश उपसमूहमा देखिएको सकारात्मक प्रभावले बिहीबारको शेयर बजारमा लगानीकर्ताको गतिविधि केही बढेको संकेत गरेको छ।




.gif)





