images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सरकारलाई हर्क साम्पाङको कटाक्ष– ‘एसीको कोठामा...

सरकारलाई हर्क साम्पाङको कटाक्ष– ‘एसीको कोठामा बसेर देश बुझिँदैन’

सरकारलाई हर्क साम्पाङको कटाक्ष– ‘एसीको कोठामा बसेर देश बुझिँदैन’

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले देशमा नागरिकको सुरक्षा, न्याय, सेवा–सुविधा र रोजगारीका अवसर निरन्तर कमजोर बन्दै गएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधनका क्रममा उनले नेपाललाई वास्तविक अर्थमा देशजस्तो बनाउन सरकारले गम्भीर भएर काम गर्नुपर्ने बताए। साथै, उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो नैतिक तथा पदीय जिम्मेवारी पूर्ण रूपमा बहन गर्न समेत आग्रह गरेका छन्।

    images
    images

    प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन आफूहरूले लामो समयदेखि माग गर्दै आएपनि प्रधानमन्त्री बालहठ गरेको आरोप लगाए। देशमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना बढेको भन्दै सरकार कमजोर हुँदा यस्ता गतिविधि बढ्ने गरेको बताए। तराई–मधेसमा आफूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था अझै रहेको बताए । न्याय प्रणालीप्रति पनि प्रश्न उठाउँदै आन्दोलनरत नागरिकलाई सरकारले प्रत्यक्ष भेटेर उनीहरूको समस्या बुझ्नुपर्ने बताए। उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई एसी भएको कोठामा बसेर देश बुझ्न नसकिने बताए।

    उनले भने, ‘नेपालमा कोही पनि सुरक्षित छैनन्। सांसदसमेत सुरक्षित भएको अवस्था छैन। राज्यले नागरिकलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्छ। त्यसैले देशलाई देशजस्तो बनाइराख्नका लागि हामीले के के गर्नुपर्छ तयार छौँ । स्टेटसबाट कता के गर्ने भन्ने कुराहरू सुन्छु, त्यस्तो केटाकेटीपनले देश चल्दैन। दुई तिहाइको नजिकको सरकारलाई काम गर्न केले रोकेको छ?’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend