काठमाडौँः साउदी अरबका केही स्थानमा भारी वर्षा र हिमपात भएको छ । देशको अल–जाफ मरुभूमिमा इतिहासमै पहिलो पटक हिमपात भएको । भारी वर्षा र असिना पछि हिमपात भएको हो ।
यसलाई यस क्षेत्रको मौसममा ठूलो परिवर्तन मानिएको छ । हिमपातपछि अल–जाफ मरुभूमि आश्चर्यजनक रूपमा जाडो भूमिमा परिणत भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार, यसअघि अल–जाफमा हिमपात भएको कहिल्यै देखिएको थिएन । साउदीको यस घटनाले मौसमविद्हरू नै आश्चर्यमा परेका छन् ।
साउदी अरेबियाले गत हप्ता देखि असामान्य मौसमको सामना गरिरहेको छ । गत बुधबार अल–जाफका केही भागमा भारी वर्षा र असिनाले क्षति पुर्याएको थियो । त्यसपछि उत्तरी सीमा, रियाद र मक्का क्षेत्रमा पनि पानी परेको थियो ।
मौसममा आएको परिवर्तनका कारण ताबुक र अल बाह क्षेत्र पनि प्रभावित भएका छन् । सोमबार मात्र अल जुफको पहाडी क्षेत्रमा हिमपात भएको छ । यहाँ परेको हिउँको तस्बिरले सामाजिक सञ्जालमा मानिसको ध्यान तानेको छ ।
यूएईको नेसनल सेन्टर अफ मेटियोरोलोजी (एनसीएम)ले अरब सागरदेखि ओमान सम्म फैलिएको न्यून चापीय प्रणालीका कारण असामान्य असिना परेको जनाएको छ । यसले यस क्षेत्रमा आर्द्रताले भरिएको हावा ल्यायो, जुन सामान्यतया सुख्खा हुन्छ । जसका कारण साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) मा मेघगर्जन, असिना र वर्षा भइरहेको छ ।
कसरी भयो मरुभूमिमा हिमपात ?
साउदी अरबमा हिमपात दुर्लभ हो । तर, देशको मौसम बर्सौं देखि परिवर्तन भइरहेको छ । केही वर्षअघि जलमग्न सहारा मरुभूमिमा तापक्रममा नाटकीय गिरावट आएको थियो, जुन माइनस २ डिग्री सेल्सियस सम्म पुगेको थियो । यसका लागि जलवायु परिवर्तनको व्यापक प्रभावलाई जिम्मेवार मानिएको छ ।
बदलिँदो वायुमण्डलीय अवस्थाका कारण मरुभूमिमा हिमपात जस्ता असामान्य घटना भइरहेको विज्ञहरू बताउँछन् । यस वर्षको सुरुमा साउदी अरेबियाको राजधानी रियादमा अभूतपूर्व वर्षापछि ठूलो बाढी आएको थियो । दुबईले पनि यस्तै बाढीको सामना गर्यो, जुन यस क्षेत्रका लागि नयाँ अनुभव थियो । एजेन्सी




.gif)





