images

२०८३ आश्विन २३ गते

images
images
images

तिहारमा ४० करोडभन्दा बढी फूलको कारोबार

तिहारमा ४० करोडभन्दा बढी फूलको कारोबार

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं ।  यस वर्षको तिहारमा ४० लाख माला बिक्री भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ। जसमा ३५ लाख सयपत्री, पाँच लाख मखमली र गोदावरीको माला बिक्री भएको हो । यसबाट ४० करोडभन्दा बढीको कारोबार भएको छ।फ्लोरिकल्चर एशोसिएसनका अनुसार स्वदेशी फूलले बजारको माग पूर्ण गर्न सफल भएको छ ।

    images
    images

    नेपालमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ ।हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

    पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि अनुमानित ५१ हजार ५०० भन्दा बढी जशक्तिहरू रोजगार रहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले उपल्बध गराएको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष पुष्प व्यवसाय फस्टाउँदै गएको देखाएको छ ।

    images
    images

    आर्थिक वर्ष २०७५\७६ मा पुष्पको बार्षिक कारोबार रु।२ अर्व ४२ करोड रहेकोमा आर्थिक वर्ष ०७७\७८ मा बर्षे भरी कोभिड महामारीको कारण पुष्पको ब्यवसायिक कारोबारमा कमी आई जम्मा रु।१ अर्व ६३ करोड मा खुम्चिएको थियो भने आर्थिक वर्ष २०७८\०८९ मा कोभिडको असर केहि कम हुदा पुष्पको बार्षिक कारोबारमा केहि बृद्धि भएको थियो ।

    गत आथिक बर्ष ०७९\८० मा रु.३ अर्व ७ करोड भन्दा बढीको कारोबार भएकोमा अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष २०८०\८१ मा १९.८६ प्रतिशतले वृद्धि भई रु.३ अर्व ६८ करोड भन्दा बढीको कारोबार भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend