images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध...

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७६/०७७ मा राप्ती नदी क्षेत्रबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खननको ठेक्कामा १ करोड ४१ लाख ५० हजार रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो।

    images
    images

    आयोगको अनुसन्धानका अनुसार, गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरूले सगुन कन्स्ट्रक्सनसँगको मिलेमतोमा ठेक्का सम्झौता नगरी, रसिद काटेर अनियमित ढंगले राजस्व हिनामिना गरेका थिए। प्रचलित कानुन र कार्यविधिको उल्लंघन गर्दै प्रदेश सरकारको हिस्सा समेत रहने राजस्वमा स्वेच्छाचारी ढंगले छुट दिएको र बैंक जमानतबापतको १ करोड ४१ लाख ५० हजार रुपैयाँ गैरकानुनी रूपमा मिनाहा गरी राज्य कोषलाई हानि पुर्‍याएको अख्तियारको ठहर छ।मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष सहजराम अहिर, प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी, राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्का र प्रतिनिधि विकास पुन रहेका छन्। अख्तियारले उनीहरूबाट जनही १ करोड ४१ लाख ५० हजार रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजायको मागदाबी गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend