images

२०८३ आश्विन २३ गते

images
images
images

सरकारले तिहारपछिको पहिलो दिन उठायो ६ करोड बढी राजस्व, झण्डै एक खर्ब बजेट घाटामा

सरकारले तिहारपछिको पहिलो दिन उठायो ६ करोड बढी राजस्व, झण्डै एक खर्ब बजेट घाटामा

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । तिहार पछिल्लो पहिलो दिन अर्थात् सोमबार ६ करोड रुपियाँ बढी राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक १९ गते राजस्व तथा गैरराजस्व गरी कूल ६ करोड २ लाख रुपियाँ संकलन भएको हो । 

    images
    images

    कूल संकलित राजस्वमध्ये राजस्वतर्फ ३ करोड ६७ लाख रुपियाँ रहेको छ भने गैरराजस्वतर्फ २ करोड ३० लाख रुपियाँ रहेको छ । योसँगै चालु आर्थिक वर्षको कात्तिक १९ गतेसम्म कूल संकलित राजस्वको स्थिति दुई खर्ब ८५ अर्ब ८८ करोड ४७ लाख रुपियाँ पुगेको छ । यो लक्षित राजस्वको १९.४३ प्रतिशतको उपलब्धी हो ।

    सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपियाँ राजस्व संकलनको लक्ष्य राखेको छ । आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपियाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले समीक्षा अवधिमा तीन खर्ब ८२ अर्ब ५१ करोड ९१ लाख रुपियाँ बराबरको खर्च गरेको छ । यो कूल विनियोजित बजेटको २०.५६ प्रतिशतको खर्च हो । 

    images
    images

    तुलनात्मक रुपमा संकलित राजस्व भन्दा ९६ अर्ब ६३ करोड ४४ लाख रुपियाँ बढी खर्च गरेको सरकार सोही बराबरको बजेटरी घाटामा रहेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend