images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो,...

ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो, थप एक शव उच्च क्षेत्रमा फेला

ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो, थप एक शव उच्च क्षेत्रमा फेला

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ। पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा जारी खोज तथा उद्धार अभियानअन्तर्गत चार पर्वतारोहीको शव उठाइएको छ।अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनास्थलबाट शव उठाइएका पर्वतारोहीहमा निर्मल पुर्जा (निम्स दाइ), वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पा ‘किलु’ रहेका छन्।

    images
    images

    क्लबका अनुसार यसअघि तीन शव उद्धार भइसकेका छन् भने पहिचान भएका थप चार पर्वतारोहीलाई उद्धार टोलीले क्याम्प–१ (सी–१) तर्फ झार्ने काम गरिरहेको छ।उद्धारकर्ताहरूले उच्च उचाइमा थप एक शव रहेको पुष्टि गरेका छन्। तर, अत्यन्त जोखिमपूर्ण भू–भाग र प्रतिकूल मौसमका कारण हाल उक्त शव उठाउने सम्भावना न्यून रहेको जनाइएको छ।अल्पाइन क्लब अफ पाकिस्तानले कठिन परिस्थितिमा उद्धार अभियानमा खटिएका पाकिस्तानी र नेपाली उद्धार टोलीको साहस, व्यावसायिकता र समर्पणको प्रशंसा गरेको छ।

    क्लबले यस दुःखद घडीमा मृतकका परिवार, आफन्त तथा विश्व पर्वतारोहण समुदायप्रति समवेदना व्यक्त गर्दै आधिकारिक र प्रमाणित सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, अपुष्ट र अनौपचारिक विवरणहरू सार्वजनिक नगर्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई अनुरोध गरेको छ।ब्रोड पिक काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल हो।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend