images

२०८३ आश्विन ३० गते

images
images
images

प्रिओपन सेसन : १.३५अंकले बढ्यो नेप्से

प्रिओपन सेसन : १.३५अंकले बढ्यो नेप्से

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिनको प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) १.३५ अंकले बढेको छ । प्रिसेसनको बृद्धिसँगै नेप्से २६७८.९७ को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    यो सेसनमा सूचक बढेपनि कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य भने घटेको छ । कारोबारमा आएका २६ कम्पनीमध्ये ९ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य घट्यो ।

    विशेषगरी जलविद्युत क्षेत्रका कम्पनीको सेयर किनबेच भएको यो सेसनमा कारोबार रकम १९ लाख ४७ हजार रुपैयाँको भयो । ३ हजार २०८ कित्ता सेयर किनबेच हुँदा सो कारोबार भएको थियो ।

    images
    images

    तिहारअघिको अन्तिम कारोबार दिन कात्तिक १४ मा नेप्से १४.४३ अंकले घट्दै २६७७.६२ को बिन्दुमा झरेको थियो । सँगै कारोबार रकम पनि केहीले घटेको थियो ।

    तर, तिहारपछिको प्रिसेसनले नेप्सेमा बृद्धिको संकेत गरेको छ । यद्यपि, चाडपर्व नसकिएको कारण बिक्री चाप बढ्नेमा पनि सम्भावना उत्तिकै छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend