images

२०८३ आश्विन १६ गते

images
images
images

'नेपाल–अमेरिका सम्बन्ध थप उचाइमा'

'नेपाल–अमेरिका सम्बन्ध थप उचाइमा'

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७९ वर्ष पूरा भएको छ । यस अवधिमा दुई देशबीचको सम्बन्ध जनस्तरको प्रगाढ पहुँच, साझा अवसर र अर्थपूर्ण सहकार्यमा आधारित रहँदै आएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    images
    images

    अन्तर्राष्ट्रिय मित्रता दिवसका अवसरमा दूतावासले सामाजिक सञ्जाल एक्समार्फत दुई देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । विशेषगरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सांस्कृतिक सम्पदा संरक्षण तथा प्रविधि, स्वास्थ्य, कृत्रिम बौद्धिकता (एआई) र पर्यटनजस्ता उदीयमान क्षेत्रमा अमेरिकी लगानीले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको दूतावासले उल्लेख गरेको छ ।दीर्घकालीन नेपाल–अमेरिका साझेदारीले पूर्वाधार विकास, आर्थिक वृद्धि तथा अन्य विविध क्षेत्रमा सकारात्मक परिणाम ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास दूतावासले व्यक्त गरेको छ । दुवै देश र जनताको हितमा दीर्घकालीन सहयोगलाई अझ सुदृढ बनाउँदै सहकार्यलाई अगाडि बढाइने पनि दूतावासले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend