images

२०८३ आश्विन १६ गते

images
images
images

छठका लागि पाँच करोड रुपैयाँ बराबरको केरा आयात

छठका लागि पाँच करोड रुपैयाँ बराबरको केरा आयात

images
images
सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ ।

    images
    images

    जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।

    उनले अघिल्लो वर्ष करिब रु चार करोड भन्दा बढीको केरा भित्र्याइएकामा यस वर्ष करिब रु पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिए।

    images
    images

    जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी स्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए।

    छठ पर्व सँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको उनले बताए । “छठ पर्व मनाउनेको सङ्ख्या वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष २५–३० ट्रक बढी केरा मगाइएको छ”, सचिव पूर्वेले भने ।

    फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुर सम्म ल्याउँदाको खर्च रु छ लाख पर्छ ।

    बजारमा प्रत्येक केराको घरीलाई रु पाँच सय देखि एक हजार सम्म मूल्यमा बिक्री गरिन्छ । नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीको भनाइ छ ।

    साथै देश भित्र उत्पादन हुने केरा भन्दा भारतबाट आउने केराको मूल्य सस्तो पर्ने गरेकाले सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्ने गरिएको जानकारहरू बताउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend