images

२०८३ आश्विन २२ गते

images
images
images

कैलालीमा धान खरिदको कोटा बढ्यो

कैलालीमा धान खरिदको कोटा बढ्यो

images
images
बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • काठमाडौं । सरकारले यस वर्ष कैलालीमा धान खरिदको कोटा बढाएको छ । गत वर्ष कैलालीमा ४० हजार क्वीन्टल कोटा तोकेकोमा यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पहिलो चरणमा ५५ हजार क्वीन्टलको कोटा पाएको छ । 

    images
    images

    धेरै धान उत्पादन हुने क्षेत्रका किसानले राम्रो मूल्य पाउन र बाढी विपद् परेका देशका अन्य भागमा पनि आपूर्ति गर्न सहज होस भनेर यस वर्ष पहिलो चरणमा ५५ हजार क्वीन्टल खरिद गर्न लागेको र यो लक्ष्य पूरा भएपछि थप खरिद गरेर एक लाख क्वीन्टलसम्म पु¥याइने कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालयका निमित्त प्रमुख इन्जिला बस्नेतले जानकारी दिनुभयो । 

    कैलालीको मोहनपुर, टीकापुर, सत्तीमा धान खरिद शुरु भएको छ । सुरुको तीन दिनमा एक हजार ५०० क्वीन्टल धान खरिद भैसकेको बस्नेतले बताउनुभयो ।  टीकापुर शाखाका प्रमुख पुष्प बजगाईका अनुसार भजनी केन्द्रमा तिहारपछि काँटा लगाउने तयारी भैरहेको जानकारी दिनुभयो ।

    images
    images

    यस्तै कम्पनीको कञ्चनपुर शाखा कार्यालयका सूचना अधिकारी मनोज चन्दले कार्यालयमा काँटा लगाई १३० क्वीन्टल जति खरिद गरेको र तिहारपछि झलारी र सिसैयामा काँटा लगाएर पहिलो चरणमा १५ हजार क्वीन्टल खरिद गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । कम्पनीले मोटा धान प्रति क्वीन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा मूल्यमा यसै साताबाट धान खरिद सुरु गरेको छ ।

    धानको मूल्य र गोदामको क्षमता बढ्यो 

    कैलाली गत वर्ष ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेको कम्पनीले ३० हजार क्वीन्टल जति मात्रै खरिद गरेको थियो । शुरुमा गोदामको अभाव र पछि निजी क्षेत्रका व्यापारीहरुले सरकारले तोकेको समर्थन मूल्य भन्दा बढीमा धान खरिद गरेकाले सरकारी कम्पनीको खरिद घटेको थियो । ‘कम्पनीको उद्देश्य किसानले उचित मूल्य पाऊन भन्ने हो व्यापारीले समर्थन मूल्य भन्दा बढीमा खरिद गरेपछि पहिलो लक्ष्य पूरा भयो’ प्रादेशिक कार्यालयका निमित्त प्रमुख इन्जिला बस्नेतले भन्नुभयो, ‘दोस्रो खरिद केन्द्रमा आए जतिको धान खरिद पनि भयो ।’अघिल्ला वर्षहरुमा ससाना गोदाम रहेको खाद्य व्यवस्था कम्पनीले यस वर्ष गोदामको क्षमता बढाएको छ ।  

    यस वर्ष टीकापुरमा एक-एक हजार मेट्रिक टन क्षमताका दुई वटा नयाँ गोदाम थपेको छ । गत वर्ष मोटा धान प्रतिक्वीन्टल तीन हजार १५८ रुपियाँ रहेकोमा यस वर्ष २५२ रुपियाँ ५१ पैसा बढाएर तीन हजार ४१० रुपियाँ ११ पैसा पु¥याएको छ ।मङ्गलबार टीकापुरमा धान बेच्न आउनु भएका टीकापुर नगरपालिका–१ बनगाउँका किसान जगदिश चौधरीले यस वर्ष प्रतिविघा ३५-४० क्वीन्टल धान फलेको र भाउ पनि राम्रै पाउन लागेकोमा खुसी व्यक्त गर्नुभयो ।सरकारले मूल्य बढाएपछि यस वर्ष पनि व्यापारीले धानको खरिद मूल्य बढाउदै लगेका छन् । शैलेस टे«डर्स टीकापुरका सञ्चालक ज्ञानुदेवी साउदका अनुसार यस वर्ष प्रति क्वीन्टल तीन हजारबाट शुरु गरेको र सोमबारसम्म तीन हजार १५० मा खरिद गरिएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend