images

२०८३ आश्विन २२ गते

images
images
images
  • कृषि
  • विदुर नगरपालिकाले नगरवासीलाई दियो सहुलियत...

विदुर नगरपालिकाले नगरवासीलाई दियो सहुलियत शुल्कमा फूल

विदुर नगरपालिकाले नगरवासीलाई दियो सहुलियत शुल्कमा फूल

images
images
बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • काठमाडौं । विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

    images
    images

    उनका अनुसार वडा नं ५ स्थित माझीटार र वडा नं ९ स्थित कोलनीमा रहेको नगरपालिकको नौ रोपनी खाली जग्गामा सयपत्री र मखमली लगाइएको थियो । उक्त फूल तिहारका अवसरमा नगरवासीलाई सहुलियत शुल्कमा बिक्री गरिएको हो ।

    नगरप्रमुख राजन श्रेष्ठले भने, “भाइटिकाको दिनसम्म बिक्रीको प्रबन्ध मिलाएका छौँ ।” मखमली फूल प्रतिकिलो रु तीन सय ५० र सयपत्री प्रतिकिलो रु दुई सय शुल्क तोकिएको छ । उक्त शुल्क हाल बजारमा कारोबार भइरहेको शुल्कभन्दा कम भएकाले फूलको माग धेरै भएको कृषि शाखाप्रमुख मदनराज न्यौपानेले जानकारी दिनुभयो । बजारमा हाल सयपत्री फूल प्रतिकिलो रु दुई सय ५० र मखमली रु चार सयमा कारोबार भइरहेको छ ।

    images
    images

    नगरपालिकाले प्लास्टिकजन्य फूल तथा मालाको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएकाले फूलको माग उच्च भएको हो । लामो समयदेखि बाँझो रहेको जग्गामा नगरपालिका आफैँले फूलखेती गरी नगरवासीलाई समेत फूल खेतीप्रति आकर्षित गर्ने लक्ष्य लिएको छ ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend