images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट...

मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणित

मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणित

images
images
शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं, २६ असार । मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ (Great Place to Work) प्रमाणपत्रबाट सम्मानित भएको छ। कर्मचारी अनुभव र कार्यस्थल संस्कृतिका आधारमा प्रदान गरिने यो अन्तर्राष्ट्रिय मान्यता मेटलाइफ नेपालले पुनः हासिल गरेको हो।

    images
    images

    कम्पनीका अनुसार यो प्रमाणपत्र पूर्ण रूपमा वर्तमान कर्मचारीहरूले आफ्नो कार्य अनुभवका आधारमा दिएको प्रत्यक्ष प्रतिक्रियामा आधारित छ। यस वर्षको सर्वेक्षणमा ८७ प्रतिशत कर्मचारीहरूले मेटलाइफ नेपाललाई काम गर्नका लागि उत्कृष्ट कार्यस्थल रहेको बताएका छन्।

    ‘ग्रेट प्लेस टु वर्क’ कार्यस्थलको संस्कृति, कर्मचारी अनुभव तथा संस्थागत नेतृत्वका उत्कृष्ट अभ्यासहरूको मूल्यांकन गर्ने विश्वव्यापी रूपमा मान्यता प्राप्त संस्था हो। यसले संस्थाको व्यावसायिक सफलता, कर्मचारीलाई दीर्घकालसम्म संस्थामा आबद्ध राख्ने क्षमता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यसंस्कृतिको मूल्यांकन गर्ने गर्दछ।

    images
    images

    ग्रेट प्लेस टु वर्ककी विश्वव्यापी मान्यता सम्बन्धी उपाध्यक्ष सारा लेविस कुलीनले यो प्रमाणपत्र प्राप्त गर्नु प्रतिष्ठित उपलब्धि भएको बताएकी छन्। उनका अनुसार यस्तो मान्यता प्राप्त गर्न कर्मचारी अनुभवलाई निरन्तर रूपमा उत्कृष्ट बनाइराख्नुपर्ने हुन्छ।

    उनले यो प्रमाणपत्र कर्मचारीहरूले आफ्नै संस्थाको कार्यसंस्कृतिबारे दिएको वास्तविक र प्रत्यक्ष प्रतिक्रियाका आधारमा प्रदान गरिने आधिकारिक मान्यता भएको उल्लेख गर्दै मेटलाइफ नेपालको उपलब्धिको प्रशंसा गरेकी छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend