images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एकीकृत कारोबार सुरु, नेप्सेमा पोखरा र...

एकीकृत कारोबार सुरु, नेप्सेमा पोखरा र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

एकीकृत कारोबार सुरु, नेप्सेमा पोखरा र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

images
images
शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं, २६ असार । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एकआपसमा गाभिएपछि आज (असार २६ गते) देखि ‘पोखरा फाइनान्स लिमिटेड (PFL) को नामबाट एकीकृत कारोबार सुरु भएको छ।

    images
    images

    दुवै संस्थाबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै एकीकृत वित्तीय सेवा सञ्चालनमा आएको हो। अब नयाँ संस्थाले ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट सम्पूर्ण बैंकिङ तथा वित्तीय कारोबार सञ्चालन गर्नेछ।

    उता, मर्जर प्रक्रियालाई ध्यानमा राख्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुवै फाइनान्स कम्पनीको शेयर कारोबार रोक्का गरेको छ। नेप्सेले असार २५ गते जारी गरेको सूचनाअनुसार धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम असार २६ गतेदेखि लागू हुने गरी शेयर कारोबार रोक्का गरिएको हो।

    images
    images

    नेप्सेका अनुसार मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भई आवश्यक विवरण अद्यावधिक भएपछि मात्रै एकीकृत संस्थाको शेयर कारोबार पुनः सञ्चालन गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend