काठमाडौं । बुधबारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २,६४६.६८ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन मंगलबार २४.५७ अंकले बढेर २,६५१.६८ विन्दुमा बन्द भएको नेप्से, प्रि–ओपन कारोबारमा सामान्य करेक्सनसहित ५ अंकले ओरालो लागेको हो। यस अवधिमा सेन्सेटिभ इन्डेक्स पनि ०.६१ अंकले घटेको छ।
प्रि–ओपन सेसनमा ४१ वटा कम्पनीको १५८ पटक कारोबार हुँदा ९ हजार ६९८ कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम ७७ लाख २५ हजार ३२३ रुपैयाँ २० पैसा पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये १३ कम्पनीको सेयर मूल्य बढेको, २४ कम्पनीको मूल्य घटेको तथा ४ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।




.gif)





