images

२०८३ आश्विन २२ गते

images
images
images

गोठे मलको प्रयोग गरेर सागसब्जी उत्पादन

गोठे मलको प्रयोग गरेर सागसब्जी उत्पादन

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • तेह्रथुम। जिल्लाको लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ।

    images
    images

    आफूले लगाउने सागसब्जीमा उनी रासायनिक मल र विषादीको साटो कम्पोष्ट मल र जैविक विषादी प्रयोग गर्छिन्। दश रोपनी जग्गामा जैविक सागसब्जी उमार्दै आएकी उनले सागसब्जी बिक्रीबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएको बताइन्। स्थानीय तीनजुरे महिला किसान समूहकी सचिव दीपा त्यस क्षेत्रकी जैविक सागसब्जी उत्पादक किसान हुन्।

    लालीगुराँस नगरपालिका–७ ओखरबोटे महिला किसान समूहकी अध्यक्ष मेनुका पोख्रेलले पनि उनीजस्तै सागसब्जीमा रासायनिक मल र विषादीको प्रयोग गर्दिनन्। यसैगरी लालीगुराँस नगरपालिका–३ की किसान गीता राईले पनि विगत पाँच वर्षदेखि रासायनिक मलबिना सागसब्जी फलाउँदै आएकी छन्।

    images
    images

    रासायनिक मल प्रयोग नगर्दा उत्पादन केही कम भए पनि उपभोक्ताका लागि स्वस्थकर हुने भएकाले त्यसतर्फ बढी ध्यान दिएको कृषक गीता बताउँछिन्। दीपा र गीतामात्र होइन लालीगुराँस नगरपालिकाको वडा नम्बर १, ३ र ७ प्रयोग गरी सागसब्जी उत्पादन आएका छन्। रासायनिक मल प्रयोगकर्ता उनीहरूलाई पाँच वर्षअघि तेह्रथुममा क्रियाशील गैरसरकारी संस्था दलित सचेतना समाज (ड्यास) ले त्यसको प्रयोग बिना पनि खेती गर्न सकिने यथेष्ट जानकारीसँगै तालिम दिएपछि उनीहरू गाईभैँसीको गोबर र पत्करबाट बनेको मल प्रयोग गरी सागसब्जी उत्पादनतर्फ आकर्षित भएकी हुन्।

    ड्यासले सञ्चालन गरेको तालिममा सहभागी भएपछि रासायनिक मलको प्रयोगबाट उत्पादित सागसब्जीले मानव स्वास्थ्यमा पार्ने असरबारे थाहा पाएको लालीगुराँस नगरपालिका–३ चित्रेकी किसान सुशीला राईले बताइन्।

    तालिममार्फत रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको उनले बताइन्।

    ‘पहिले सागसब्जीमा विषादी छर्किँदा दुई–तीन दिन बिरामी नै परिन्थ्यो, हातखुट्टा झम्झमाउने, दुख्ने हुन्थ्यो’, लालीगुराँस नगरपालिका–१ की गीता पौडेलले भनिन्, ‘त्यो विषादीले असर गरेको रहेछ।’

    ड्यासको तालिम पाएपछि पाँच वर्षदेखि रासायनिक मल र विषादीको प्रयोग बन्द गरेको उनले बताइन्। पाँच वर्षदेखि कम्पोष्ट मलमात्र प्रयोग गर्न थालेपछि बल्ल माटोमा सुधार आउन थालेको उनले बताइन्।

    तालिममा कम्पोष्ट मल बनाउने तरिका सिक्यौँ र अहिले छ–छ महिनामा समूहमा मिलेर वाष्पीकरण विधिबाट मल बनाउँछौँ, समूहका सबै सदस्यले एक–एकथरि मल बनाउने झारपात ल्याएर सामूहिक रूपमा मल बनाएर आपसमा बाड्छौँ किसान गीताले जानकारी दिइन्। यसबाट हाम्रो धेरै बचत भएको छ र सीप पनि सिक्न पाएका छौँ उनीहरू भन्छन्। जैविक मल प्रयोग भएको सागसब्जी छिट्टै नकुहिने र स्वाद पनि बेजोड हुने स्थानीय उपभोक्ता भूमि राईले बताइन्।

    चिनी मलको अत्यधिक प्रयोग हुने सो क्षेत्रमा त्यसको प्रयोग शून्य बनाउन निकै गाह्रो भएको अनुभव ओखरबोटे महिला किसान समुहकी अध्यक्ष मेनुका पोख्रेलले सुनाइन्।

    चिनीमल नहालेको सुरुको वर्ष अन्य वर्षको तुलनामा चार भागको एक भाग पनि सागसब्जी उत्पादन नभएको उनले बताइन्। नगरपालिकाको भकारो र गोठ सुधार कार्यक्रमले कम्पोष्ट मल बनाउने तरिका सिकाएको उनको बताइन्।

    मललाई छाना लगाएर राखिने गाईवस्तुको पिसाब ट्याङ्कीमा जम्मा गरी सागसब्जीमा लगाउँदा चिनीमलको जस्तै काम गर्छ भन्ने थाहा पाएपछि आफूहरूले त्यसै गरेको किसानहरूले सुनाए।

    आर्थिक वर्ष २०७५/७६ देखि ड्यासले सो क्षेत्रमा जैविक खेतीसम्बन्धी जनचेतनामूलक तालिम सञ्चालन गरेको थियो। तालिम लिएपछि २०७६ सालमै ड्यासको नै समन्वयमा तीनवटा वडामा ३७ वटा महिला किसान समूह गठन गरिएको ड्यासका कार्यक्रमका संयोजक कुमार विशङ्खेले बताए। ‘अधिकांश घरका पुरुष रोजगारीका सिलसिलामा विदेशमा छन्, घरमा भएका महिला नै कृषि उत्पादन कार्यमा संलग्न छन्, त्यसैले हामीले महिला किसान समूह गठन गरी चरणबद्ध रूपमा जैविक उत्पादनका लागि कार्यक्रम गरेका छौँ’, उनले भने।

    लालीगुराँस नगरपालिकाको वडा नम्बर १, ३ र ७ मा नगरपालिकासँगको सहकार्यमा ड्यासले भकारो सुधार, गोठ सुधार कार्यक्रम, मल बनाउने तालिम सञ्चालन गरेको थियो। अहिले पनि ड्यासले रासायनिक मलको प्रयोगलाई कम गर्ने र जैविक मलको मात्रालाई बढाउँदै लाने विषयमा सचेतनामूलक कार्यक्रम गरिरहेको पाइएको छ।

    त्यसैगरी नगरपालिकासँगको सहकार्यमा जैविक खेतीका लागि किसानकै खेतबारीमा गएर ब्याड नर्सरीदेखि उत्पादनसम्म गरिने जैविक प्रक्रिया (किसान पाठशाला) पनि सञ्चालन गरिएको थियो।

    गाईवस्तुको भकारो सुधार, भकारोमा छाना लगाउने अभियान, विभिन्न विद्यालयका आठ सय बढी बालबालिकाका लागि जैविकखेतीको विषयमा कक्षा सञ्चालन, जैविकखेतीको महत्वका विषयमा वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम ड्यासले सञ्चालन गरेको थियो।

    जैविकखेती गर्न चाहने विपन्न लक्षित महिलाहरूलाई अनुदान, जैविक सागसब्जी बिक्री केन्द्र, जैविक सागसब्जी सङ्कलन केन्द्र स्थापना, लालीगुराँस जैविक सहकारी संस्था स्थापना गरी त्यसमार्फत जैविक सागसब्जी मेलाजस्ता कार्यक्रम सञ्चालन गरिएको ड्यासले जनाएको छ। अधिक मात्रामा चिनीमल प्रयोग हुने सो क्षेत्र हाल जैविक सागसब्जीको केन्द्रका रूपमा विकास भएको छ। रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend