काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ मा ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दै नेपाली निर्जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ।
कम्पनीका अनुसार उक्त उपलब्धिले नेपालको बीमा क्षेत्रको पहुँच विस्तार, वित्तीय सुरक्षा अभिवृद्धि तथा आर्थिक जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। स्थापनाकालदेखि नै बीमाको पहुँच बढाउने, नवीन बीमा योजना विकास गर्ने तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले हाल देशभरका ७७ जिल्लामा रहेका १३१ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
कम्पनीले देशव्यापी शाखा सञ्जालमार्फत वित्तीय समावेशीकरणलाई बल पुर्याउँदै आम नागरिकसम्म बीमा सेवाको पहुँच विस्तार गर्न सफल भएको दाबी गरेको छ। बीमाप्रति जनविश्वास बढाउन कम्पनीले प्रविधिमैत्री सेवा, छिटो दाबी भुक्तानी र ग्राहकमैत्री सेवा प्रणालीलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ।
शिखर इन्स्योरेन्सका अनुसार यस सफलताको प्रमुख आधारमा कम्पनीको सुदृढ वित्तीय अवस्था, सक्षम व्यवस्थापन, दक्ष तथा व्यावसायिक जनशक्ति, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली, द्रुत दाबी भुक्तानी प्रक्रिया, आधुनिक प्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यवस्थापन अभ्यास रहेका छन्।
कम्पनीले आफ्नो उपलब्धिमा योगदान पुर्याउने ग्राहक, अभिकर्ता, पुनर्बीमक, शेयरधनी, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि नवीन सेवा, सुशासन, पारदर्शिता र उत्कृष्ट ग्राहक सेवामार्फत नेपालको बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




.gif)





