images

२०८३ आश्विन १६ गते

images
images
images

पाँच करोड ५१ लाखको लागतमा भवन निर्माण हुँदै

पाँच करोड ५१ लाखको लागतमा भवन निर्माण हुँदै

images
images
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • मान्म (कालीकोट), १४ असार । यहाँको महावै गाउँपालिकाले प्रशासकीय भवन निर्माण शिलान्यास गरेको छ । शनिबार महावै–७ कोटखौलमा प्रमुख प्रकासकीय भवन निर्माणको शिलान्यास गरिएको हो । 

    images
    images

    लामो समयदेखि अस्थायी भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले सुविधासम्पन्न प्रशासकीय संरचना निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ । नयाँ भवन ३२ कोठासहित साढे दुई तलाको हुने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले जानकारी दिएका छन् ।

    “भवन निर्माणका लागि रु पाँच करोड ५१ लाख ८४ हजार लागत लाग्नेगरी निर्माण कम्पनीसँग गत वैशाख १५ गते ठेक्का सम्झौता गरी कार्यक्षेत्रमा काम सुरु भइसकेको छ । सम्झौता अनुसार विसं २०८४ असार १५ गतेभित्र भवन निर्माणसम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ,” उनले भनेका छन् ।

    images
    images

    इन्जिनियर शाहीका अनुसार सङ्घीय र स्थानीय सरकारको संयुक्त साझेदारीमा भवन निर्माण हुन लागेको हो । सङ्घीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको ६० प्रतिशत र महावै गाउँपालिकाको ४० प्रतिशत लगानी रहने उनले जानकारी दिएका छन् ।

    प्रशासकीय भवन निर्माण भएसँगै गाउँपालिकाबाट प्रवाह हुने सेवा थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री बन्ने गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह विश्वास व्यक्त गरेका छन् ।“भवन तोकिएको समयभित्रै उच्च गुणस्तरको निर्माण हुनेछ”, उनले भनेका छन् ।, “आफ्नै प्रशासकीय भवनको निर्माणले गाउँपालिकाको संस्थागत विकास र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हुनेछ ।”
     
    भवन सम्पन्न भएपछि यहाँका नागरिकले एकै स्थानबाट झन्झटरहित स्थानीय सरकारको सेवा पाउने गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवालले बताएका छन् । उनले विगतमा आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएकामा अब सहज हुने विश्वास व्यक्त गरेका छन् । रासस 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend