images

२०८३ आश्विन १५ गते

images
images
images

लमजुङ खण्डमा आवागमन सामान्य

लमजुङ खण्डमा आवागमन सामान्य

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • लमजुङ, १५ असोज । लगातारको वर्षा र बाढीका कारण अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्डमा यातायात आवागमन सामान्य भएको छ । 

    images
    images

    वर्षा र बाढीका कारण सडकका विभिन्न स्थानमा पहिरो, कटान जस्ता समस्याका कारण केही दिन यातायात सञ्चालनमा समस्या भएको थियो । 

    डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी गाउँपालिका–४ रामबजारलगायत लमजुङतर्फका क्षतिग्रस्त स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ ।  

    images
    images

    बेँसीसहरदेखि मनाङको खोत्रो नजिकसम्म सवारीसाधन सञ्चालन भएका छन् । “लमजुङतर्फको सडक अहिले सञ्चालनमा आएको छ । क्षतिग्रस्त स्थानमा पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो,” उनले भने । 

    मनाङको नासों गाउँपालिका–३ खोत्रोदेखि माथिल्लो क्षेत्रमा भने सडक सञ्चालनमा आउन सकेको छैन । वर्षाका कारण विभिन्न स्थानमा सडक नै भासिएको तथा पहिरो र कटानका कारण क्षति पुगेको आयोजनाले जनाएको छ । खोत्रोमा ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेकाले सडक खुलाउन कठिन भएको सूचना अधिकारी विष्टले जानकारी दिएका छन् । 

    ठूला ढुङ्गा हटाउन ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेकाले प्राविधिक टोली परिचालन गरी काम अघि बढाइएको उनले जानकारी दिएमा छन्। आयोजनाका दुई डोजरसहित थप एक डोजरसमेत परिचालन गरी माथिल्लो तथा तल्लो क्षेत्रमा आवश्यकता अनुसार सडक खुलाउने र मर्मतको काम भइरहेको विष्टले बताएका छन् । 

    “विभिन्न स्थानमा अझै समस्या छ । सात–आठ ठाउँमा सडक भासिएको छ,” उनले भने । मौसममा सुधार आएसँगै अवरुद्ध सडक खुलाउने तथा क्षतिग्रस्त संरचना मर्मत गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ । करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई लमजुङ हुँदै अन्य जिल्लासँग जोड्ने मुख्य सडक हो । लगातारको वर्षापछि विभिन्न स्थानमा क्षति पुगेकाले समस्या थपिएको आयोजनाले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend