images

२०८३ आश्विन १५ गते

images
images
images

सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल

सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • राँझा (बाँके), १३ असोज । नेपालगन्जमा ठूलो रकम खर्च गरेर निर्माण गरिएको नगर सभाहल (सिटी हल) सञ्चालनको पर्खाइमा रहेको छ । 

    images
    images

    नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा सङ्घीय सरकारले निर्माण गरेको सुविधा सम्पन्न सिटी हलको २०८१ फागुन १३ गत उद्घाटन भए पनि हालसम्म सञ्चालन हुन सकेको छैन । 

    रु ३३ करोड ३४ लाख ७५ हजार ३७० लागतमा निर्माण भएको सिटी हल उद्घाटन हुँदा यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको थियो । हल सञ्चालन हुन नसक्दा स्थानीयवासी निराश बन्न पुगेका छन् । 

    images
    images

    सिटी हलमा दैनिकजसो कार्यक्रम हुँदा स्वाभाविक रुपमा चहलपहल बढ्ने भएपनि हाल कुनै गतिविधि नहुँदा सुनसान रहेको स्थानीयवासी समेत रहनु भएका नेपालगञ्ज–१४ का पूर्ववडाध्यक्ष ओमकार मिश्राले बताएका छन् । 

    उनले सञ्चालनको जिम्मा लिएको नेपालगन्ज उपमहानगरपालिकाले नगर सभाहल सञ्चालनका लागि विशेष चासोका साथ सहुलियत दर कायम गर्नुपर्नेमा जोड दिएका छन् । कुल ७९५ जना अट्ने क्षमताको हल सञ्चालनमा नआउँदा आफूहरु निराश भएको मिश्राको भनाइ छ ।

    नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राज्यको ठूलो रकम खर्च भएर बनेको सिटी हललाई दीर्घकालीन रुपमा सञ्चालन गर्न स्थानीय सरकारले चासो दिनुपर्ने बताएका छन् । 

    “ठूलाठूला सरकारी कार्यक्रम होटलमा हुने गरेका छन्, उता सरकारी नगर सभाहल बन्द अवस्थामा छ”, उनले भने, “नगर सभाहल सञ्चालनका लागि उपमहानगरपालिका नेतृत्वले विशेष चासो दिन जरुरी छ ।”

    नेपालगन्ज सिटी हलमा ठुलो हलसहित अन्य चार वटा साना हल, प्रशासनिक कक्ष, पार्किङ लगायत पूर्वाधार निर्माण गरिएको छ । सभाहल निर्माण सम्पन्न भएपछि नेपालगन्जमा ठूलो क्षमताका कार्यक्रम गर्न सहज हुने विश्वास गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । 

    नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सहरभन्दा टाढा भएकाले सिटी हलमा कुनै गतिविधि सञ्चालन हुन नसकेको बताएका छन्  । सिटी हल निर्माण भएपछि दुईपटक नगरसभा र दुईपटक राजनीतिक दलका कार्यक्रमबाहेक अरू गतिविधि हुन नसकेको उनले जानकारी दिएका छन् ।

    “सिटी हल सञ्चालनको जिम्मा दिन बोलपत्र खोल्यौँ, तर ठाउँका कारणले होला कुनै प्रस्ताव नपरेपछि अहिले नगरपालिकाले नै मान्छे राखेर रेखदेख गर्दै आएको छ”, प्रवक्ता रिजालले भने, “नगरको केन्द्रबाट टाढा भएकाले पनि कार्यक्रम हुन सकेनन् । अहिले कर्मचारीले भवन कुर्ने काम भएको छ ।” 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend