images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • लघुवित्त क्षेत्रमा ठूलो मर्जर: जीवन विकाससँग...

लघुवित्त क्षेत्रमा ठूलो मर्जर: जीवन विकाससँग युनिक नेपाल र मानुषी गाभिने

लघुवित्त क्षेत्रमा ठूलो मर्जर: जीवन विकाससँग युनिक नेपाल र मानुषी गाभिने

images
images
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • जीवन विकास लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले युनिक नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । मोरङको कटहरीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिका अध्यक्ष विक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जरसम्बन्धी विशेष प्रस्ताव अनुमोदन गरेको हो । गत चैत २८ गते जीवन विकास लघुवित्त, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तबीच मर्जर सम्झौता भएको थियो । उक्त सम्झौतालाई लघुवित्त क्षेत्रमा हालसम्मकै ठूलो मर्जर सम्झौताका रूपमा हेरिएको छ । विशेष साधारणसभाले मर्जरपश्चात् संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहने तथा केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मा रहने प्रस्ताव पनि पारित गरेको छ । युनिक नेपाल र मानुषी लघुवित्तका हालका केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयका रूपमा रूपान्तरण गरिने निर्णयसमेत गरिएको छ ।

    images
    images

    मर्जरपछि संस्थाको नेतृत्व हालका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गर्ने प्रस्तावलाई पनि साधारणसभाले अनुमोदन गरेको छ । साथै, मर्जर प्रक्रियाका लागि सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन तथा हालसम्म सम्पन्न सम्पूर्ण कामकारबाहीलाई समेत अनुमोदन गरिएको छ ।साधारणसभाले भविष्यमा आवश्यकताअनुसार अन्य लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति (एक्विजिसन) प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने निर्णय पनि गरेको छ ।

    हाल जीवन विकास लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार रुपैयाँ, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । मर्जरपछि एकीकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख ४ हजार ३१२ रुपैयाँ पुग्नेछ ।एकीकृत कारोबार सुरु भएपछि संस्थाको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार हुने जनाइएको छ । मर्जरपश्चात् संस्थाको शाखा सञ्जाल ६ प्रदेशमा फैलिनेछ भने कुल शाखा संख्या २३३ पुग्नेछ । हाल जीवन विकासले ३१ जिल्लामा, युनिक नेपालले १० जिल्लामा र मानुषी लघुवित्तले १४ जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend