images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • जीवन बीमा कम्पनीहरूको व्यापार विस्तार, आईएमई...

जीवन बीमा कम्पनीहरूको व्यापार विस्तार, आईएमई लाइफको वृद्धि सबैभन्दा तीव्र

जीवन बीमा कम्पनीहरूको व्यापार विस्तार, आईएमई लाइफको वृद्धि सबैभन्दा तीव्र

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमा कम्पनीहरूले पौने २ खर्बको व्यापार गरेका छन् । चालु आवको साउनदेखि जेठ मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरूले १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।गत आवको सोही अवधिमा यस्तो व्यापार १ खर्ब ५४ अर्ब रुपैयाँ थियो । गत वर्षको भन्दा यस वर्ष १२.६२ प्रतिशतले व्यापार वृद्धि भएको छ ।

    images
    images

    सञ्चालनमा रहेका १४ वटै कम्पनीको व्यापार बढेको छ । जसमध्ये सबैभन्दा धेरै आईएमई लाइफ, सिटिजन लाइफ र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको व्यापार वृद्धि भएको छ ।आइएमईको ३०.७९ प्रतिशतले बढेर ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा आईएमईले ४ अर्ब ७२ करोडको व्यापार गरेको थियो । यसैगरी, सिटिजनको व्यापार २० प्रतिशतले बढेर ७ अब ५९ करोड पुगेको छ । गत वर्ष ६ अर्ब ३२ करोड थियो । त्यसैगरी, रिलायबलको १८.७२ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड पुगको छ । गत वर्ष ४ अर्ब ५५ करोड थियो ।राष्ट्रिय जीवन बीमा कम्पनीको १७.९३, नेशनल लाइफको १७.४९, प्रभु महालक्ष्मीको १४.८८, सानीमा रिलायन्स लाइफको १२.५६ र नेपाल लाइफको १२.५३ प्रतिशतले व्यापार बढेको छ ।

    नेपाल लाइफको व्यापार धेरै 

    images
    images

    यस अवधिमा सबैभन्दा धेरै व्यापार नेपाल लाइफले गरेको छ । नेपाल लाइफको व्यापार ४६ अर्ब १६ करोड पुगेको छ भने नेशनल लाइफको २२ अर्ब २१ करोड, लाइफ इन्स्योरेन्स कर्पाेरेशनको १८ अर्ब ४८ करोड, हिमालयन लाइफको १५ अर्ब ७९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीको १० अर्ब ६२ करोड र सूर्यज्योति लाइफको १० अर्ब ५२ करोड रुपैयाँको व्यापार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend