images

२०८३ आश्विन २२ गते

images
images
images
  • कृषि
  • मह बेचेर वार्षिक १२ लाख रुपैयाँ...

मह बेचेर वार्षिक १२ लाख रुपैयाँ भन्दा बढी आम्दानी

मह बेचेर वार्षिक १२ लाख रुपैयाँ भन्दा बढी आम्दानी

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • बागलुङ। जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन् । मौरीपालनबाट उनले वार्षिक रु १२ देखि रु १५ लाखसम्म आम्दनी गरिरहेका छन् ।

    images
    images

    उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन् । मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ ।

    उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि उनले विसं २०५० देखि व्यावसायिक रुपमा मौरीपालन गर्न थालेका हुन् ।

    images
    images

    तीन दशक मौरीपालन गरेका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागतीखेती समेत गर्न थालेको बताए । उनको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ । उनले सुन्तलका तीन सय र कागतीका एक सय ५० बोट लगाएका छन् । ती बिरुवाले विस्तारै फल दिन थालेको उनले बताए।

    जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रुपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आएका छन् । उनी अगुवा कृषकमात्र नभई कृषकका प्रशिक्षक पनि हुन् । आफूले जानेको ज्ञान सीपलाई किसानमाझ पुर्याउँदा उनीहरुलाई सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गरे। वर्षमा १२ क्विन्टल मह बिक्री गर्ने बताउँदै उनले सबै खर्च कटाएर रु १२ देखि रु १५ लाखसम्म आम्दानी हुँदै आएको जानकारी दिए।

    “विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरीपालनतर्फ लागेँ”, उपाध्यायले भने, “मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु, धेरै ज्ञान बटुलेको छु, २७ वटा समूहलाई तालिम पनि दिइसकेको छु । कैयौँ किसानले फोनबाट पनि सोधपुछ गर्नुहुन्छ ।” मह प्रतिकेजी रु एक हजार तीन सयमा बिक्री हुने भन्दै घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उनले बताए। रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend