images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • पश्चिम तराईमा तातो हावाको लहर, काठमाडौंसहित...

पश्चिम तराईमा तातो हावाको लहर, काठमाडौंसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

पश्चिम तराईमा तातो हावाको लहर, काठमाडौंसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौँ । आज मंगलबार देशभरको मौसममा मिश्रित अवस्था देखिएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार पश्चिम तराईका केही सहरमा अत्यधिक गर्मीको महसुस हुनेछ भने पहाडी तथा पूर्वी भेगमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। देशका विभिन्न भागमा तापक्रम र मौसमको अवस्थामा निकै ठूलो भिन्नता देखिएको छ।विशेषगरी पश्चिम तराईका सहरहरूमा आज उखरमाउलो गर्मी हुने पूर्वानुमान गरिएको छ। नेपालगन्ज र धनगढीमा आज दिउँसो ‘तातो हावाको लहर’ चल्ने सम्भावना छ। नेपालगन्जको अधिकतम तापक्रम आज देशकै सबैभन्दा बढी अर्थात् ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्नेछ भने धनगढीको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस रहनेछ। 

    images
    images

    त्यसैगरी वीरेन्द्रनगर, भैरहवा र घोराहीमा आज ‘तातो दिन’ रहनेछ। वीरेन्द्रनगर र भैरहवाको तापक्रम ३७ देखि ३९ डिग्री र घोराहीको ३५ देखि ३७ डिग्री सेल्सियस रहने अनुमान छ। यी सहरहरूमा आज पानी पर्ने सम्भावना शून्य प्रतिशत छ भने रातिको समयमा पनि आकाश मुख्यतया सफा रहनेछ।यता, देशका मध्य र पूर्वी भेगका साथै पहाडी इलाकामा भने वर्षाको सम्भावना रहेको छ। पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर र ताप्लेजुङमा आज दिउँसो ४० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। 

    काठमाडौँको अधिकतम तापक्रम आज २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ। आज राति पनि पोखरा र ताप्लेजुङमा मेघगर्जनसहित मध्यम वर्षाले निरन्तरता पाउनेछ भने काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जनकपुर र जिरीमा हल्का वर्षा हुनेछ।त्यस्तै, डडेल्धुरा, दिपायल, जुम्ला, सिमरा, जोमसोम, धरान र जनकपुरमा आज दिउँसो २० देखि ३० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। रातिको समयमा भने यीमध्ये अधिकांश पश्चिमी र हिमाली भेगमा आंशिक रूपमा बादल लाग्नेछ तर वर्षाको सम्भावना छैन। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend