बागमती । प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्की बागमती प्रदेशभरिकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।बागमती प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा कार्यरत प्रहरी नायब उपरीक्षक कार्कीलाई जेठ महिनाका लागि सर्वोत्कृष्ट प्रदेश प्रहरीका रूपमा छनोट गरेको हो ‘महिनाको उत्कृष्ट प्रहरी छनाेट कार्यविधिअनुसार गरिएको मूल्यांकनमा कार्कीले लागुऔषध तथा हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई अफिम र भरुवा बन्दुकसहित पक्राउ गर्न सफल भएको, साथै लागुऔषध मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्तिहरूलाई समेत अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको उल्लेख छ ।
त्यस्तै, भन्सार छलीका सामान तथा अवैध रूपमा ओसारपसार गरिएका चौपायासमेत बरामद गर्न सफल हुनुका साथै विभिन्न अपराधको सफल अनुसन्धान, विपद् उद्धार, अवैध नदिजन्य पदार्थ नियन्त्रण र सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक गतिविधि सञ्चालन गरेको आधारमा उनलाई उत्कृष्ट घोषित गरिएको हो ।कार्यालय स्तरोन्नति, पृथ्वी राजमार्गमा सवारी व्यवस्थापन तथा समाजमा शान्ति–सुरक्षा र सुशासन कायम गर्न उनले निर्वाह गरेको भूमिकालाई विशेष रूपमा मूल्यांकन गरिएको प्रदेश प्रहरीले जनाएको छ ।





.gif)





