images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • कोटेश्वरस्थित वरुण बेभरेजलाई तीन दिनभित्र विभागमा...

कोटेश्वरस्थित वरुण बेभरेजलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन

कोटेश्वरस्थित वरुण बेभरेजलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बहुराष्ट्रिय कम्पनी पेप्सीको नेपालस्थित आधिकारिक उत्पादक ‘वरुण बेभरेज नेपाल प्रालि’ सहित सातवटा व्यावसायिक फर्महरूमा अनुगमन तथा निरीक्षण गरेको छ । विभागले सोमबार बजार अनुगमनका क्रममा कैफियत देखिएका फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कारबाही तथा निर्देशन दिइएको जनाएको छ ।

    images
    images

    विभागका अनुसार काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरस्थित वरुण बेभरेज नेपाल प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातहरू लिएर ३  दिनभित्र वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।विभागको टोलीले उपत्यकाका अन्य ६ वटा व्यावसायिक फर्महरूमा पनि अनुगमन गरेको छ । अनुगमन गरिएका अन्य फर्महरूलाई भने सामान्य निर्देशन दिई सचेत गराइएको विभागले उल्लेख गरेको छ ।

    image (8)

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend