images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • रास्वपाको महाधिवेशनमा ५ हजारलाई दियालो फुडल्याण्डको...

रास्वपाको महाधिवेशनमा ५ हजारलाई दियालो फुडल्याण्डको भोजन व्यवस्था, दैनिक ८–९ क्विन्टल मटन खपत

रास्वपाको महाधिवेशनमा ५ हजारलाई दियालो फुडल्याण्डको भोजन व्यवस्था, दैनिक ८–९ क्विन्टल मटन खपत

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौँ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशनमा प्रतिनिधि तथा सहभागीहरूलाई तीन दिनसम्म दियालो फुडल्याण्डले खाना तथा खाजाको व्यवस्था गरेको छ । दियालो फुडल्याण्ड, भरतपुर शाखासहित बुटवल र काठमाडौँ शाखासहितका कर्मचारी व्यवस्थापनमा खटिएका छन् । दियालो फुडल्याण्ड काठमाडौँ शाखाका अप्रेसन म्यानेजर प्रेम खत्रीका अनुसार काठमाडौँसहित पाँच वटा शाखाबाट जनशक्ति खटिएको छ । जसले असार ७, ८ र ९ सम्म महाधिवेशन प्रतिनिधिहरूलाई खाना र खाजा खुवाउने छ । 

    images
    images

    ‘बिहान सातदेखि ९ ब्रेकफास्ट, दिउँसो १ देखि ३ सम्म लन्च, त्यसपछि टि कुकिज र बेलुकाको डिनर भेज तय भएको छ’, खत्रीले भने, ‘प्रतिनिधि, पर्यवेक्षक र सुरक्षाकर्मीसहित झन्डै पाँच हजारको हाराहारीलाई खाना तथा खाजाको अर्डर छ ।’उनका अनुसार बिहानको खाना मटनसहितको हुनेछ भने बेलुकाको भेज मात्र हुनेछ । 

    ‘दैनिक मटन आठ नौ क्विन्टल खपत हुन्छ’, खत्रीको भनाइ छ । असार ७ गतेबाट सुरु भएको रास्वपाको महाधिवेशन ९ गते सम्पन्न हुने कार्यतालिका छ । महाधिवेशनमा देशभरका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट चार हजार बढी प्रतिनिधि सहभागी छन् । पार्टीले खानाको व्यवस्था गरे पनि वासको व्यवस्था भने प्रतिनिधि आफैँले गर्नुपरेको बताएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend