images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • याम्बालिङ र टक्सार पिखुवा खोला हाइड्रोपावरको...

याम्बालिङ र टक्सार पिखुवा खोला हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा

याम्बालिङ र टक्सार पिखुवा खोला हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • आजको स्पेशल प्रि ओसन सेसनमा याम्बालिङ्ग र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयरको पहिलो कारोबार भएको छ । यस दिन यी कम्पनीहरुको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो ।यी कम्पनीहरुको सेयर असार ५ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । यस अनुसार आज स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो । अब यी कम्पनीहरूको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ ।

    images
    images

    याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको २८ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता शेयर गरी कुल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावर (त्एप्ज्ी) ले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता शेयर गरी कुल १ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।पहिलो कारोबारका लागि नेप्सेले यी कम्पनीहरुलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend