images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • माउण्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने...

माउण्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं। माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (असार ८ गते) अन्तिम दिन रहेको छ।म्पनीले असार ३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो। पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १७ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

    images
    images

    आवेदनकर्ताले आस्बा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको छ। हाल सर्वसाधारणका लागि छुट्याइएको सेयर मात्र बिक्रीमा रहेको हो।नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गरेको हो। कम्पनीले सोलुखुम्बुमा सञ्चालन गरेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत् आयोजनाबाट २०८१ साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ।

    कम्पनीका अनुसार आयोजनाको कुल लागत करिब २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। आयोजना व्यावसायिक उत्पादन सुरु भएको पहिलो त्रैमासिकमै करिब ९५ प्रतिशत क्षमतामा सञ्चालनमा आएको जनाएको छ।कुल वार्षिक सम्झौता ऊर्जा ७ करोड ४ लाख युनिट रहेको आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि अझै करिब २८ वर्ष ९ महिना बाँकी छ। कम्पनीले साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष र छुट दर गणना पश्चात् लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend